नपाल कम्युनिष्ट पार्टि (नेकपा) तत्कालिन एमाले र माओबादिबीच एकता भएको एक वर्ष वितिसक्दा पनि पुरानै कलहले अहिले सम्म पार्टिका कामहरु अघि बढ्न सकेका छैनन् । पुरानै कलहकै कारण पार्टि एकता हु्न नसकेको हो ।
नेकपामा अहिले फेरी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक द्वन्द बाहिर आएसंगै बजारमा यसको चर्चा चलेको छ । बेला बेलामा कलह भैरहने यिनीहरु दुबैजनाको बिचमा पार्टि एकीकरणको कुरा सुृरु भएदेखि कलह भएको थिएन् ।
अहिले फेरी उनीहरुबीचको जुहारी सुरु भएके छ । उनीहरुलाई भित्र एक सिटिङमै मिलेका आरोप अहिले लाग्ने गरेको छ । उनीहरु आरोपबीच ओली फागुन १ को कार्यक्रममा सरीक नहुने भएपछि भने थप चर्चा परिचर्चा चल्ने निश्चित छ ।
भेनेजुएला काण्डमा दुईबीचको जुहारी एकै सिटिङमा मिलिसकेको बताइन्छ । तर त्यो त बहाना भएको र टेलिकमको फोरजी काण्ड नै महत्वपूर्ण भएको कुरा बाहिर आयो ।
त्यतिमात्र हैन जनयुद्धका विषयलाई लिएर पक्राउ गर्न खोजिने विषयले पनि प्रचण्ड रुष्ट छन् । जब सहमतिमा जनयुद्ध दिवस नभइ जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली नाम दिएर कार्यक्रम गर्न खोज्दा पनि ओली जाँदैनन् भने फेरि नयाँ चलखेल भइरहेको भनी बुझ्न सकिन्छ ।
दुई पार्टीबीच एकताका क्रममा पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमै विवाद भएको थियो । सुरुवातमा जनयुद्धको स्थानमा जनक्रान्ति शब्द राख्न प्रस्ताव गरेको एमाले पछि हटेको थियो । पार्टी एकताको विधानमा भने जनयुद्ध शब्द राखिएको छ ।
एकीकरण नै दुई धुब्रको मिलनजस्तै भइरहेका बेलामा फागुन १ को सम्झना ओली कमरेडलाई हर्ष न विस्मात भएको एक केन्द्रीय सदस्यले हाम्राकुरालाई बताए ।
प्रतिक्रिया