Logo

प्रमुख समाचार

जनयुद्ध दिवसले नेकपामा एकताको नयाँ आधार तयार



नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसले नेकपा एकताको नयाँ आधार तयार भएको बताएका छन् । उनले बुधबार जनयुद्ध दिवसको अवसरमा यस्तो बतााएका हुन् ।

अध्यक्ष प्रचण्डले कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका र जनआन्दोलनका सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले नेकपाले जनयुद्ध दिवस मनाइरहँदा हिजो अलग अलग रहेको नेता र जनतालाई सैद्धान्तिक, वैचारिक र भावनात्मक रुपमा एक बनाउने ऐतिहासिक सन्देश प्रवाह भएको बताए ।

तत्कालिन एमालेका केही नेताहरु सहभागी कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् । सो विषयमा प्रचण्डले भने ‘पार्टी अध्यक्ष तथा कमरेड केपी शर्मा ओली पनि आउने कुरा थियो । तर गर्नै पर्ने केही कामको असाध्यै धेरै चापले गर्दा प्रधानमन्त्री यहाँ उपस्थित नभएपनि यो निर्णय हामी दुवै जनाको सहमतिमा भएको हो ।’

यो जनयुद्ध दिवसले आफूहरु भित्र नयाँ एकताको आधार बनाएको दावी पनि प्रचण्डले गरे । पार्टी एकता र जनसंगठनहरुको एकतामा भएको ढिलाईप्रति उब्जिएको चिन्तालाई पनि यसले सकारात्मक सन्देश दिएको उनले बताए ।
यद्यपी कार्यक्रममा पूर्व एमालेबाट महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत उपस्थित थिए भने महासचिव पौडेलबाहेक पूर्व एमालेका सचिवालयका अरु नेता नै कार्यक्रमस्थलमा सहभागी थिएनन् । त्यस्तै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम पनि कार्यक्रममा अनुपस्थित थिए ।
नेकपााले आज देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि जनयुद्ध र जनआन्दोलनमा शहिद भएकाहरुको सम्मानका लागि देशभर विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  ८ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।