नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ले बुधबार देशैभरी जनयुद्ध दिवपस मनाईरहेको छ । जनयुद्ध दिवसको अवसरमा नेकपाले देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
नेकपाले पार्टि एकता भएपपछि पहिलो पटक शहिद दिवस मनाउदै छ । पहिले पनि फरक फरक पार्टि रहँदा एक अर्काको घोर विरोध गर्ने यि दुइपार्टिका नेताहरु एउटै पार्टिमा जाोडिएको वर्ष वितिसक्दा पनि मन भने एकता हुन सकेको छैन् । उनीहरुका विचको ईगोका कारण जनयुद्ध दिवसमा तत्कालीन एमााले निकटका नेताहरु उपस्ति नभएको खुलस्त हुन्छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यस्त रहेका भएपनि अन्य नेताहरुले यत्तिकै बहिस्कार गरेका हुन् ।
जनयुद्ध दिवसको अवसरमा नेकपाले पार्टि केन्द्रिय कार्यालय धुम्बाराहिमा कार्यक्रमको आयोजना गरेको छ । धुम्बाराहिमा आयोजित कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले जननयुद्ध दिवसले पार्टि एकतालाई थप बलियो बनाएको बताएका छन् ।
यद्यपी कार्यक्रममा पूर्व एमालेबाट महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायतको मात्र उपस्थीती रहेको थियने । यस्तै पार्टिंं स्थाई कमिटी सदस्यहरु एवम पुर्व एमालेका सचिवालयका अरु नेता नै कार्यक्रमस्थलमा सहभागी थिएनन् । त्यस्तै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम पनि कार्यक्रममा अनुपस्थित रहेका थिए ।
तत्कालिन एमााले नेतााहरुले खुल्लम बहिस्कार गरेको नबताएपनि उनीहरुले बहिस्कार गरेको संकेत भने गरेका छन् ।
प्रतिक्रिया