स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूखुसी कर्मचारी नियुक्ति गरेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसंग स्पष्टिकरण मागेको छ । उनले राष्ट्रिय औषधि प्रयोगशालामा आफ्नो ईच्छा अनुसार कर्मचारी नियुक्त गरेको भन्दै स्पष्टिकरण मागेको हो ।
ढकाललाई शुक्रबार मन्त्रालयले पत्र पठाउँदै स्पष्टिकरण सोधेको मन्त्रालयले जनााएको छ । मन्त्रालयका अनुसार, ढकालले राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख पद खाली भएपछि गत पुस ३० गते झा १० औँ तहका कर्मचारी सिनियर डिभिजनल केमिष्ट शैलेस कुमार झालाई निमित्त प्रमुखमा नियुक्त गरेका थिए।
एघारौँ तहको पदमा निमित्त दिने अधिकार विभागका महानिर्देशकको नभएको भएपनि उनले अख्तियारीको दुरुपयोग गर्दै कर्मभचारी भर्ना गरेपछि मन्त्रालयले ढकाललाई स्पष्टीकरण सोधेको मन्त्रीका प्रेस संयोजक चौरासियाले बताए।
यता ढकालले भने पद खाली भएपछि आफूसँग भएको अख्तियारी प्रयोग गर्दै कर्मचारी नियुक्ति गरेको बताए। उनले भने ‘पद रिक्त भएपछि कानुनअनुसार जो सिनियर छ उ निमित्त हुन्छ। त्यहीअनुसार झा निमित्त भएका हुन्।
अब कर्मचारीलाई तलव खुवाउन समस्या पर्ला भनेर मैले आर्थिक अधिकार दिएको हुँ। म एघारौँ तहको कर्मचारी मात्रै होइन महानिर्देशक पनि हुँ। मन्त्रालयका जिम्मेवार अधिकारीसँग सोधेरै यो निर्णय लिएको हुँ।
प्रतिक्रिया