ग्लिस फुटबल लिग कपमा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा बर्नमाउथले प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
निर्धारित समयमा कुनैपनि गोल ननिस्किएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा लगिएको थियो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो । दुई टोलीले कुल २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथ ११(१० ले विजयी हुदै दोस्रो चरणका पुग्न सफल भयो ।
दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए । ११ औं पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुकेका थिए । १२ औं प्रहारमा बर्नमाउथले गोल गर्दा गरे भने क्रिस्टल प्यालेसले गोल गर्ने सकेन । क्रिस्टल प्यालेसको १२ औं प्रहार लाई बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाउदै जित दिलाए ।
बर्नमाउथका डाभिड ब्रुक्स, साम सुरिज, फिलिप बिलिङ, लोयड केल्ली, डोमिनिक सोलांके, ज्याक सिम्पसन, डान गोस्लिङ, जेफर्सन लेर्मा, नाम्दी ओफोबोर र जोर्डन जेमुराले गोल गर्दा गोलरक्षक एस्मिर बेगोभिच चुके ।
क्रिस्टल प्यालेसका लुका मिलिभोजेभिक, मिचे बात्सुयाई, एन्डोर्स टाउट सेन्ड, इविरेची इजी, जोर्डन एयु, म्यास मेयर, मामोडोउ साको, मार्टिन केल्ली, रायन इनिस र जारोस्ला ज्याकले गोल गर्दा ११औं पेनाल्टीमा गोलरक्षक वायन हेनेसी गोल गर्नबाट चुके ।




















प्रतिक्रिया