Logo

राजनीति

भरतपुर महानगरपालिकामा चर्कियो विवाद, प्रचण्ड पुत्री मेयर रेणु दहाल भन्दा पावरफुल बन्दै उपमेयर पार्वती शाह



भरतपुर महानगरपालिका प्रमुख र उपप्रमुखबीच विवाद चर्किएको छ । उपप्रमुख पार्वति शाहले महानगरपालिकामा अनियमितता भएको जनतालाई जानकारी दिएपछि विवाद चर्किएको हो । उनले प्रचण्ड पुत्री मेयर रेणु दहालकै कारण महानगरपालिकामा अनियमितता बढेको आरोप लगाएकी हुन् । उनले रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि जिकिर गरिन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले भनिन्, ‘उनले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ। जसकारण अनियमिताले बढावा पाएको छ।’

महानगरपालिकालाई मेयर रेनुले एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘दुई वर्षसम्म पनि लेखा समिति गठन भएको छैन, जिन्सी समिति गठन भएको छैन । महानगरपालिकामा अनियमितता बढेको छ ।’

उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएकाले असुरक्षित महसुस गरेको समेत बताइन् । यसबारे मेयर रेनुलाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नजनाएको शाहको गुनासो छ । स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्ड पुत्री दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।
पछिल्लो समय उपप्रमुख शाहको पक्षमा जनताको साथ बलियो बन्दै गएकी छिन् । जनतााले उनलाई भ्रष्ट मेयरले राजिनामा दिनु पर्ने माग गर्दै आफैले उनको स्थान सम्हाल्न माग गरेको जनाईएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ६ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।