Logo

राजनीति

विदेश भ्रमणको नाममा ओली सरकारका नालायक मन्त्रीले गरे करोडौ ब्रह्मलुट



नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका नालायक मन्त्रीहरु नेपालमा गरेको भ्रष्टचार कम भयो भन्दै फेरी ब्रह्मलुट मच्चाउन विदेश गएका छन् । मन्त्रीहरु सार्वजनिक खर्चमा मितव्ययिता गर्ने सरकारको नारा नारामै सीमित गर्दै विभिन्न नाममा राज्य कोषमाथि ब्रह्मलुट गर्दै आएका छन् ।

मन्त्रीहरुले विदेशमा विभिन्न नारा लगाउदै विदेश भ्रमणमा निस्केका हुन् । अर्थ मन्त्रालयका अनुसार माघ महिनामा मात्रै ओली सरकारका मन्त्रीहरुले करिब ८० लाख रुपैयाँ बराबारको विदेश भ्रमण गरेका छन् । पछिल्लो चार महिनामा ओली सरकारका मन्त्रीहरुले झण्डै साढे दुई करोड रुपैयाँ विदेश भ्रमणमै सिद्धयाएका छन् । प्रधानमन्त्रीले जतिसुकै चर्को कुरा गरे पनि मन्त्रीहरुले अनावश्यक विदेश भ्रमण गर्ने क्रम रोकेका छैनन् । सचिव जाने कार्यक्रममा समेत मन्त्री आफै विदेश भ्रमण गर्ने गरेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली मंसिरमा अमेरिका भ्रमण तथा परामर्श बैठकमा सहभागी हुँदा मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण खर्च २६ लाख ४१ हजार ८सय २८ रुपैयाँ पुगेको थियो । सो खर्च मंसिरमा अर्थले निकासा गरेको थियो । मन्त्रालयका अनुसार माघमा अर्थ मन्त्री सहित मन्त्रालयका पदाधिकारीहरूको विदेश भ्रमणमा जादाँ ३७ लाख ५९ हजार ३१ खर्च गरेका थिए । भ्रमण गरेको देश खुलाइएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको दुबइ ( युएइमा गरिएको वल्र्ड गभरर्नेमण्ट समिट जादाँ ३ सदस्यीय प्रतिनिधि मण्डलको भ्रमण खर्च ५ लाख ५६ हजार २सय ८० खर्च पुगेको अर्थले जनाएको छ ।

यसैगरी युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको भारतमा अन्तराष्ट्रिय अवार्ड ग्रहणकोलागि गत मंसिर ८ देखि मंसिर २५ सम्म भ्रमणमा जादाँ प्रतिनिधि मण्डलको खर्च १ लाख ८९ हजार ६सय ८०रुपैयाँ खर्च भएको छ ।

भारतको मुम्बईमा आयोजना भएको २५ औँ एडिसन तथा पाटर्नरसिप समिटमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका यावको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको भ्रमण खर्च २ लाख ४२ हजार ३सय ६१ रुपैयाँ भएको थियो । सो भ्रमणको निकासा गरिएको अर्थ जनाएको छ ।

मन्त्रालयका अनुसार गत पुसमा लण्डनमा भएको अबैध बन्यजन्तु व्यापार सम्बन्धी कार्यक्रममा सहभागी भएका वन तथा वातावरण मन्त्री शक्ति बस्नेत नेतृत्वको टोलीको भमणमा ३ लाख १६ हजार ८ रुपैयाँ खर्च भएको थियो । सो खर्च पनि अर्थले निकासा गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अन्तराष्ट्रिय आणविक उर्जा संगठनको ६२ औँ महासम्मेलन भियानामा सहभागी हुन जादा हुँदा ४१ लख २९ हजार ५ सय २४ रुपैयाँ खर्च भएको अर्थले जनाएको छ । त्यतीखेर मन्त्री ज्ञवाली जापानको औपचारिक भ्रमण र थाइल्याण्ड भ्रमणमा समेत गएको थिए । सो भ्रमणको खर्च समेत अर्थले व्यहोरेका थियो ।

विदेश भ्रमण गरेर राज्य कोषको दुरुपयोग गर्नेमा सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटा पनि कम छैनन् । मन्त्री बाँस्कोटा भारतका नयाँ दिल्ली, युएइको दुवई, जर्मन र स्विजरल्याण्ड जाँदाको भ्रमणमा १९ लाख २७ हजार ६ सय ६३ रुपैयाँ खर्च भएको थियो । सो खर्च पनि अर्थले निकासा गरेको छ । बास्कोटाले जर्मन र स्विजरल्याण्ड भ्रमणमा जाँदा भ्रमणको क्रममा टयाक्सी भाडा समेत उठाएका छन् । त्यतीखेर टयाक्सी वाफत १९ हजार ७ सय २०रुपैयाँ खर्च भएको अर्थले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको विदेश भ्रमण महिनैपिच्छे हुने गर्छ । यादव विदेश भ्रमणमा सबैभन्दा अगाडि छन् । उनी पुसमा काजिकस्तान तथा स्विजरल्याण्ड भ्रमणको खर्च ११ लाख २१ हजार ५सय ३९ रूपैयाँ खर्च भएको अर्थले जनाएको छ । यसैगरी यादव लण्डनमा भएको मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहभागी हुँदा अर्थले गरेको ५ लाख ४ हजार ३सय ११ रुपैयाँ निकासा भएको जनाएको छ । यी दुवै भ्रमणको खर्च निकासा अर्थले मंसिरमा गरेको थियो ।

यसैगरी महिला तथा समाजकल्याण मन्त्री थममाया थापाको स्विजरल्याण्ड भ्रमण जादाँ उनले ११ लाख ९९ हजार १सय २६ रुपैयाँ खर्च गरेकी थिइन् । उनको खर्च मंसिरमा अर्थले निकासा गरेको थियो ।

यसैगरी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका यादव वासिङ्गन डिसि भ्रमणमा लागेको सबै खर्च मंसिरमा अर्थले निकासा गरेको थियो । सो भ्रमणमा १४ लाख ७० हजार ८सय २३ रुपैयाँ खर्च भएको अर्थको भनाइ छ ।

यसैगरी मंसिरमा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको भारतको राजधानी नयाँ दिल्लीमा भएको ७१ औँ डब्ल्यु एचओसम्बन्धी कार्यक्रमा सहभागी हुँदा उनले ४ लाख २० हजार ५ सय ३० रुपैयाँ खर्च गरेका थिए । सो भ्रमणको खर्च निकासा पनि पुसमा अर्थले गरेको थियो । कात्तिक ५ देखि ९ सम्म यूएनसिटिएड विश्व लगानी मञ्चको कार्यक्रमा सहभागी भएका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका यादवको विदेश भ्रमणमा ५ लाख ७३ हजार ८ सय ८५ रुपैयाँ खर्च गरेका थिए । सो भ्रमणको खर्च निकासा अर्थले पुसमा गरेको थियो ।

विदेश भ्रमणमा राष्ट्रपति विद्यादेवि भण्डारी पनि कम छैनन् । अर्थ मन्त्रलका अनुसार राष्ट्रपति भण्डारीको गत मंसिरमा भएको पोल्याण्ड खर्च दुई करोड नाघेको छ । मन्त्रालयका अनुसार मंसिर १७ र १८ मा भएको पोल्याण्ड भ्रमणमा सहभागी हुँदाको उनको प्रतिनिधि मण्डलको भ्रमण खर्च २ करोड १४ लाख २ हजार ६ सय ६५ रुपैयाँ भएको छ । राष्ट्रपतिको पोल्याण्ड खर्चको निकास अर्थले पुसमा गरेको थियो । राष्ट्रपति भण्डारीले गत कात्तिक १२ देखि १५ सम्म कतारमा भ्रमण गरेकी थिइन् । कतार भ्रमणमा उनले १ करोड २० लाख २४ हजार ७सय ७५ रुपैयाँ खर्च गरेकी थिइन् । सो खर्च पनि पुसमा अर्थले गरेको थियो ।

विदेश भ्रमणमा नाममा मन्त्रीहरुले राज्यकोषमा ब्रह्मलुट गर्न लागेपछि मन्त्रीहरुको विदेश भ्रमणलाई कडाई गर्न अघिल्लो शेरबहादुर देउवा सरकारले निर्दे्शिका ल्याइ भ्रमणलाई कडाइ गरेका थियो । तर ओली सरकारका मन्त्रीहरुले सो निर्दे्शिकालाई उल्लघंन गर्दै भ्रमणलाई तीब्रता दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ७ : ३१ बजे