Logo

प्रमुख समाचार

सरकार र नेकपालाई कांग्रेसको प्रश्न–विप्लवको पार्टी राजनीतिक हो कि आतंकवादी ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हेर्ने सरकार र नेकपाको दृष्टिकोणबारे आधिकारिक धारणा माग गरेको छ।

मुलुकमा पछिल्लो दिन यता बम विष्फोटका घटना घटिरहेको र त्यसमा विप्लव नेतृत्वको पार्टी संलग्न भएका खबर बाहिर आएको भन्दै विपक्षी दल कांग्रेसले उसलाई हेर्ने सरकार र ठूलो पार्टी नेकपासँग आधिकारिक धारणा माग गरेको हो।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद जितेन्द्र देवले मुलुकको राजनीतिमा हिंसा र आतंक फेरि प्रवेश गर्न खोजेको भन्दै विप्लव नेतृत्वको पार्टीलाई हेर्ने सरकार र सत्तारुढ दल नेकपाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु पर्ने बताए।

‘विप्लव नेतृत्वको पार्टीका गतिविधिलाई सरकार र नेकपाले गम्भीरता पूर्वक लिएन भने फेरि नेपाली राजनीतिमा दूरदिन आउन सक्छ,’उनले भने,‘नेपाल सरकार र नेकपाले विप्लवप पार्टीप्रतिको दृष्टिकोण के हो?’

सांसद देवले विप्लवको पार्टी आतंकबादी पार्टी हो कि राजनीतिक पार्टी भन्ने प्रश्न पनि सरकारसँग गरे। ‘विप्लवको पार्टी आतंकबादी पार्टी हो कि राजनीतिक पाटी या त पार्टी राजनीतिक, काम कारबाही आतंकवादी हो कि के हो?,’उनले भने,‘त्यसलाई हेर्ने दृष्टिकोण के हो? सरकार र नेकपाको अबिलम्ब दृष्टिकोण आउनु पर्छ।’

उनले सरकारले हिंसात्मक घटना हेरिराखे मुलुक फेरि राजनीतिक द्वन्द्वमा देश फस्ने दाबी गरे।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ९ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।