संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति नेपालकमा शिर्ष नेताहरुले समाबेदना प्रकट गरेका छन् । सत्तापक्ष सहित विपक्षि दलका नेताहरुले समेत समाबेदना प्रकट गर्दै ट्वीट गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै रबिन्द्र अधिकारीको निधन प्रति समाबेदना प्रकट गर्दै यस घटनामा आफुले आफ्नै परिवारको एक सदस्य गुमाएको झैं असह्य पिँडा भएको बताएका छन् ।
”यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दछु। सरकार साथमा छ- हामी सबै साथ-साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।”
अध्यक्ष प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरूका परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नुभएको छ । आज विहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गर्नुभई समवेदना प्रकट गर्नुभएको हो । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना दिनुभयो ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य मानिसलाई गुमाउनु पर्दा दुःख लाागेको बताएका छन् । देउवाले ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् । यस्तो छ, देउवाको ट्वीट ”आज भएको हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ । विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्रजी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो । हार्दिक श्रदाञ्जली !”
यस्तै नेपालका अन्य अधिकांस नेताहरुले समेत यस बारेमा दुख प्रकट गरेका छन् । दुेःख प्रकट गर्दै नेताहरुले नेपालका उदयमान युवा गुमाउदा दुःख लागेको जनाएका छन् ।
यस्ता छन् शिर्ष नेताका ट्वीट
”रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली!!”
प्रतिक्रिया