बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ । संकलित शव लिएर सेनाको हेलिकप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं उडेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी गराए ।
बिहान आठ बजेतिर सबै शव संकलन सकिए पनि मौसममा सुधार नआउँदा हेलिकप्टर उडाउन सकिएको थिएन।
बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरि फर्किँदा दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार थिए।
प्रतिक्रिया