पछिल्लो २४ घण्टामा देशभर ६१३ जना कोरोना संक्रमित थपिएका छन् । आज ६१३ जना थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ५१० कोरोना परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ७३९ संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ । अहिले देशभर ७ हजार ३८४ संक्रिय संक्रमित छन् ।
यस्तै, २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको छ ।




















प्रतिक्रिया