Logo

स्वास्थ्य

२४ घण्टामा देशभर ६१३ जना संक्रमित थपिँदा ७३९ जना कोरोनामुक्त



पछिल्लो २४ घण्टामा देशभर ६१३ जना कोरोना संक्रमित थपिएका छन् । आज ६१३ जना थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ५१० कोरोना परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ७३९ संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय  पुगेको छ । अहिले देशभर ७ हजार ३८४ संक्रिय संक्रमित छन् । 

यस्तै, २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको छ ।

 

 

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।