प्रमुख प्रमुतिपक्षि दल नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घरमा पुगेका छन् । सभापति देउवाले त्यहाँ पुगेपछि निर्मलाले न्याय नपाउनुको सनसनी पुर्ण कारण बताएका छन् ।
देउवाले निर्मलालाई न्यााय दिलाउन खास गरेर प्रहरीले नै नचाहेको बताए । उनले अब कांग्रेसले न्याय दिलाउन उक्सन लिने बताएका छन् । शुक्रबार बिहान निर्मला पन्तको घरमा पुगरे निर्मलाकी आमा दुर्गादेबी पन्तलाई शान्त्वना दिँदै देउवाले यस्तो बताएका हुन् ।
यस्तै देउवाले आफू पनि यसै क्षेत्रको भएकाले यस घटनालाई गम्भीररुपले लिएको भन्दै निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा आफूले सक्दो पहल गर्ने बताए । अपराधी धैरै समय लुक्न नसक्ने भन्दै पूर्व प्रधानमन्त्री देउवाले अब हत्यारा पत्ता लाग्नेमा विश्वस्त हुन आग्रह गरेका छन् ।
निर्मलाकी आमा दुर्गादेबी पन्तले आफुहरु निरिह भएको र लामो सयम बितिसक्दा पनि छोरीको हत्यारा पत्ता नलागेको भन्दै हत्यारा पत्ता लगाउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । उद्योग वाणिज्य संघको मेला उदघाटनको सिलसिलामा देउवा महेन्द्रनगर पुगेका थिए ।



















प्रतिक्रिया