नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविन गर्नुपर्ने बताएका छन् । नेता थापाले यसलाई राजदरबार हत्याकाण्ड जस्तो रहस्यमय नबनाई सत्य तथ्य छानबीन हुनुपर्ने बताएका छन् ।
उनले यो घटनालाई सामान्य रुपमा नलिई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेलमा पुगेर नेता थापाले यस्तो बताएका हुन् ।
नेपालमा हवाइ यात्रा जोखिमपूर्ण रहेको आफूले महसुस गरेको उनले बताए । थापाले भने ‘यत्रो ठूलो दुर्घटना भइसकेपछि चेतेनौं भने हामीले कहिल्यै पनि चेत्दैनौं ।’ नेता थापाले मन्त्री अधिकारीसँग विद्यार्थी आन्दोलनदेखि नै परिचित रहेको बताउँदै आफूले धेरै कुरा सिकेको बताए ।
यस्तै नेता थापाले २०६० सालभन्दा अगाडिको विद्यार्थी आन्दोलनमा मन्त्री अधिकारीले निर्वाह गरेको भूमिकाबारे कम छलफल भएको बताए । उनले भने्, त्यतिखेर नेपालका दलहरुले आफ्नो प्रतिष्ठा गुमाएको र विद्यार्थी आन्दोलन थला परेको अवस्था थियो ।
त्यो बेलामा रविन्द्र अधिकारीले नेतृत्व गरेको अनेरास्ववियुले नेपालको विद्यार्थी आन्दोलनलाई पुनर्जी्वित गरायो र राजनीतिक दलप्रतिको विश्वासलाई अलिकति भए पनि जोड्ने काम गर्यो ।
त्यसकै जगमा हामीले संयुक्त विद्यार्थी आन्दोलन निर्माण गरेका थियौं । हामीभन्दा सिनियर उहाँबाट केही सिक्ने मौका पायौं ।
हामीले तीनवटा संसदमा संगै रहेर काम गर्यौं । संविधानमा यो विषय पर्नुपर्छ वा पर्दैन भन्दा पनि यो संविधानसभा सफल हुनुपर्छ र नेपालका नेताहरुमा हार्दिकता सकियो भने संविधानसभा यसको शिकार हुन्छ । हार्दिकता मर्न दिनु हुँदैन र हाम्रो भूमिका त्यसमा हुनुपर्छ । उचाल्ने दुरी बढाउने काम गर्नुहुन्न भन्नेमा उहाँको नेतृत्व रह्यो ।
दोस्रो संविधानसभामा जतिबेला कांग्रेस–एमाले एकातिर र माओवादी सडकमा भएको बेला बोलचाल बन्द भएको थियो । म सम्झन्छु त्यो बेलामा हामी राति ११ बजे केपी शर्मा ओलीको घरमा भेट्न गएको, प्रचण्डलाई भेट्न गएको र दुई घण्टा कुरेर भेटेको ।
राजनीतिक विमर्श्भित्र विकासको एजेण्डा मुख्य बनाउनुपर्छ भन्ने उहाँको धारणा थियो ।
एकदमै असल साथी, मैले चाहिँ कोहीसँग पनि त्यस्तो सम्बन्ध बनाउन सक्दिन होला । जो जोसँग उहाँको सम्बन्ध भयो सबैसँग असल साथीको सम्बन्ध भयो । हामी फरक फरक समितिको सभापति भएर काम गर्दा, संयुक्त बैठक गर्ने, संयुक्त पहल गर्ने गथ्र्यौं ।
प्रतिक्रिया