Logo

प्रमुख समाचार

प्रधानमन्त्री ज्यु मन्त्री रबिन्द्र अधिकारी मरिसकेपछि निर्दोस छ भन्दै नखोक्नुस : बाबुराम भट्टराई



पुर्व प्रधानमन्त्री एबं नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले मन्त्री रबिन्द्र अधिकारी मरिसकेपछि उनलाई निर्दोष छन् भन्नुको औचित्य नभएको बताएका छन् । प्रधानमन्त्रीको टिप्पणि गर्दै डा. भट्टराईले भने्, मान्छे ज्युदो हुदा एक शब्द बोल्न नसक्ने अनि मरिसकेपछी उ निर्दोस थियो भन्दिने केपि ओलिलाइ अहिले सबै नेपालिले एहि प्रश्न गर्न थालेका छन। । यो कुरा थाहा थियो त पहिल्यै किन बोल्न सक्नु भएन प्रधानमन्त्री ज्यु ? बाबुरामको यो प्रश्नले येतिबेला सामाजिक सन्जाल तताइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रिया रविन्द्र अधिकारीसंग कुनै सरोकारको विषय नभएको भन्दौ उनी निर्दोष रहेको बताएका थिए । हेलिकोप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रवीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को ओलीले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

 

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले बद्नाम गर्न खोजेको उनको सचिवालयले जनायो । ओलीले अनुचित ढंगले अधिकारी सङ्ग कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले बद्नाम गर्न खोजेको र सम्पूर्ण निराधार भएको बताए । वाइडबडी खरीद प्रक्रिया अधिकारी मन्त्री हुनु पहिलेको कुरा भएको बताउदै ओलीले उनीमाथि आरोप लगाउनु दुःखद भएको बताए ।

प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार  ५ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।