पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको शनिबार राति निधन भएको छ । ८२ वर्षिय अधिकारी जनताका लोकप्रिय नेता हुन् ।
उनको निधनपछि नेकपा अध्यद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलाई के भनेहोलान यो सबैको चाँसोको विषय बनेको छ । उनी तत्कालिन नेकपा एमालेलाई उच्च स्थानमा ल्याउन सफल नेताका रुपमा पनि चिनिन्छन् । यसैलेपनि नेकपालाई सुधारोन्मुख र प्रतिशिल समाज निर्माणको बाटोमा लैजान अध्यक्षद्वयलाई झगडा नगरेर बस्न आग्रह गरेका छन् ।
तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको हो ।
नेता धिकारीले १५ दिनअघि पूराना कम्युनिष्ट नेता एवम् आफ्नै सम्धि कृष्ण आचार्यलाई अस्पतालमै बोलाएर तीन वटा गम्भिर कुरा गरेका थिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा आचार्यले भने, उहाँले मलाई अस्पतालमै बोलाएर पार्टी एकतालाई निश्कर्षमा पुर्याउनको लागि ओली र प्रचण्डजीलाई भनिदिनुहोस है भन्नुभयो ।
पहिलो कुरा, उहाँले अहिले नेकपाको दुई तिहाईको बहुमत छ, झगडा नगर्न भनेर नेताहरुलाई भन्नुहोस है भन्नुभयो । दोस्रो कुरा, विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा हो । सबै नेताहरु एक भएर अगाडि बढ्नुहोस भन्नुभएको थियो ।
उता स्वर्गीय अधिकारीका छोरी ज्वाँई सुदिप आचार्यले अधिकारीको विकास र समृद्धिबारे पुस्तक लेख्ने अन्तिम चाहना रहेपनि त्यो अधुरै रहेको बताए । उनले भने, उहाँ विकास र समृद्धिबारे एउटा पुस्तक लेख्न चाहनुहुुन्थ्यो। तर, उहाँको त्यो चाहना अधुरै रह्यो ।



















प्रतिक्रिया