दाङमा दिनदहाडै खुकुरी प्रहार गर्दा एकजना घाईते भएका छन् । खुकुरी प्रहारबाट घाईते बनेका तुलसीपुरका ट्याक्सी समितिका कर्मचारी गणेश हमाल रहेका छन् ।
हमाललाई असिमसिंह राठोरले सल्यान रोडस्थित ट्याक्सी काउन्टरमा तरवार प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तरवार प्रहारबाट घाइते भएकाहमालको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ । उनलाई प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर रिफर गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको अवस्थागम्भीर छ ।
तरवार प्रहार गर्ने राठोरलाई तवार सहितपक्राउ गरेको ईप्रकाले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका राठोर र घाइते हमाल दुवै अपराधिक पृष्ठभुमीका व्यक्तिहुन् । प्रहरीका अनुसार राठोर यसअघी डाँकाचोरी, ज्यानमार्ने उद्योग, सार्वजनिक अपराधजस्ता अपराधमा संलग्न थिए भने हमाल पनि ज्यान मार्ने उद्योग र सार्वजनिक अपराधजस्ता मुद्दा खेपेका व्यक्तिहुन् ।



















प्रतिक्रिया