Logo

प्रमुख समाचार

लाठीचार्ज गर्ने प्रहरीलाई गुलाबको फूल उपहार



स्वतन्त्र मधेस गठबन्धन डा. सिके राउत र सरकारबीच सहमति पश्चात सम्बेधन गर्दै राउतले आफुहरुले पाएको पिँडाको मुल्य र उपहारको रहस्य खोलेका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा सहमतिका लागि आह्वान गरिएको बैठकमा ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै राउतले देशमा देखिएका विभिन्न समस्याबाट आफूहरु र राज्य पक्ष दुवै चिन्तित भएको बताएका छन् ।

देशमा देखिएको समस्या निकै नै सहज र शान्तिपूर्ण रुपमा अवतरण भएको बताउँदै यो अवसर सम्पूर्ण नेपालीका लागि ऐतिहासिक उपलब्धि भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले पहल गरेर आफूहरुलाई राजनीतिको मूलधारमा अवतरण गराएको भन्दै राउतले प्रधानमन्त्री ओलीको प्रशंसा गरेका छन् ।

आफूहरुको आन्दोलन कुनै पनि बेला विस्फोट हुने स्थितिमा पुगे पनि पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराईले समेतको उल्लेखनीय योगदानका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको उहाँले बताए ।

त्यसपछि उनीहरु देशका विभिन्न भूभागमा स्वतन्त्र मधेश गठबन्धनका नाममा विभिन्न कार्यक्रम परिचालन गर्दै आएका थिए । आफूहरु बुद्धका सन्तानका रुपमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको र कहिल्यै पनि हिंसात्मक बाटो अपनाएको राउतले बताए ।

राज्यबाट विभिन्न समयमा आफूहरुमाथि दमन भए पनि आफूहरुले कहिल्यै प्रतिसोधको भावना नबोकेको उहाँले बताउनुभयो । लाठीचार्ज गर्ने प्रहरीलाई आफूहरुले गुलाबको फूल दिएको उनले बताए । त्यस्तै आफ्ना आन्दोलनमा प्रहरीले कहिल्यै पनि गोली नचलाएको भन्दै राउतले प्रहरी प्रशासनलाई पनि धन्यवाद दिएका छन् ।

शुक्रबारदेखि मूलधारको राजनीतिमा आउन सहमत भएका डाक्टर चन्द्रकान्त राउत(सीके) सप्तरीको महदेवामा जन्मिएका हुन् । उनले नेपालको त्रिभूवन विश्वविद्यालय, जापानको टोक्यो विश्वविद्यालय र बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् ।

उनी नेपाल फर्किनुअघि अमेरिकामा एउटा हतियारसँग सम्बन्धित कम्पनीमा वैज्ञानिकमा रुपमा काम गर्दै आएका थिए । सन् २०११ को अन्त्यतिर उनले राजीनामा दिएर नेपाल फर्किएका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।