Logo

राजनीति

सिके राउत सम्झौताले निम्त्यायो नेकपामा विवाद, सचिवालयमै मारामारी



सरकारले सिके राउतसंग गरेको सम्झौताको विषयलाई लिएर नेकपामा विवाद सिर्जना भएको छ । सोहि कारणले यतिबेला नेकपा सचिवालयमा समेत मारामारी सुरु भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले गरेको सम्झौतालाई अनुमोदन गर्नका लागि बसेको बैठकमा सचिवालय सदस्यहरूले आपत्ति जनाउदा विवाद सुरु भएको थियो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको ११ बुँदे सम्झौतालाई बैठकमा प्रस्तुत गरिएको थियो।

‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गछौं’ भाषामा सचिवालयमा सहमति नजुटेको हो। सचिवालय सदस्यहरु वामदेव गौतम र प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौतामा आपत्ति जनाए। सम्झौता सरकारसँग गरिएको भएकाले पार्टीले स्वीकार गर्न नसकिने उनीहरूले बताएपछि सम्झौता अनुमादोन नगरी नेकपाको बैठक सकिएको हो।
यसले पार्टि तथा नेतृत्वलाई नै अप्ठ्यारोमा पारेको नेकपा नेताहरुको ठहर छ । यसैले यस विषयमा पार्टिले गम्भिर रुपमा सोचचेर मात्र निर्णय लिनु पर्नेमा एका एक निर्णय लिएको भन्दै नेताहरु रुष्ट बनेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ०९:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।