प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले जनमत संग्रहको बारेमा जनतालाई स्पष्ट पारिदिन माग गरेका छन् । प्रवक्ता शर्माले यस विषयमा सामााजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्द देशको कुनै भूगोलमा जनमत संग्रह के मुद्दामा ? गरिने ? कस्तो छनौटमा, कसरी, कहिले र किन ? गरिने स्पष्ट पार्न सरकारसंग माग गरेका छन् ।
उनले सरकार र सिके राउतको सम्झौतामा उल्लेखित जन अभिमतमा आधारित लोकतान्त्रिक विधिको ब्याख्या विवाद हल सरकारले तत्काल गर्नुपर्ने बताएका छन् ।
यसअघिको ट्वीट मार्फत शर्माले सिके राउतको नियतमा संका नगर्न सरकारलाई निर्देशन दिएका छन् । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेसबीचको सम्झौताबारे सामाजिजक सञ्जाल ट्वीटर मार्फत धारणा राख्दै यस्तो बताएका हुन् ।
कांग्रेस प्रवक्ता शर्माले जनअभिमतमा आधारित लोकतान्त्रिक विधि र स्वायत्तता र स्वशासनको अधिकार आत्मसात गर्न माग समेत गरेका छन् ।
यस्ता छन् उनका तिन ट्वीट
प्रतिक्रिया