प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन तरुणदलका महासचिव भुपेन्द्रजंग शाहिले देशको रक्षा र आर्थिक समृद्धिका लागि लडिरहेको विप्लव समुहलाई कारवाहि गरि देश बिखण्डनकारी सिके रावतलाई सम्मान गर्नु सरकारको मुर्खता भएको बताएका छन् ।
शुक्रबार अनलाईपानासंग कुराकानी गर्दै शाहिले सिके राउतलाई कारवाहिको साँटो उल्टै सम्मान गर्नु दुखद बिषय भएको बताएका छन् ।
उनले भने देश टुक्र्याउछु भन्नेलाई फुलमाला लगायर स्वागत गर्ने होइन जेल पठाउनु पर्छ। नेपाललाई बिभाजन गर्छु भनेर लागेका सिकेलाई सम्मान गरेर विप्लवलाई मुर्खता गर्नु कम्युनिष्ट सरकारको ठुलो गल्ति भएको बताएका छन् । उनले नेपालको राजनितीमा सिके, पिके र केपि भन्दा बरु विप्लव नै ठिक भएको बताएका छन् ।




















प्रतिक्रिया