Logo

प्रमुख समाचार

आतंककारीलाई सुरक्षा दिने कम्युनिष्ट सरकार दुर्घटनामा जान्छ : नेविसंघ नेता चन्द्र विक



नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य चन्द्र बिकले कम्युनिष्ट सरकार दुर्घटनामा जाने बताएका छन् । शुक्रबार अनलाईन पानासंग कुराकानी गर्दै नेविसंघ नेता विकले कम्युनिष्ट सरकारले जनतालाई रुवाएर आतंककारीलाई संरक्षण गरिरहेकै कारण सरकार दुर्घटनामा जाने बताएका छन् ।

उनले सिके राउत जस्ता विखण्डनकारीहरुलाई जन्मकैद हुनुपर्ने ठाउँमा उनीहरुको संरक्षण गर्नु ठुलो भुल रहेको बताएका छन् । उनले भने कांग्रेस अहिले आफ्नै गतिविधीमा अल्झेको छ । केहि थाहापाएको छैन् सोच्नु सरकारको ठुलो भुल भएको बताएका छन् ।

कांग्रेसले सरकारका सबै गतिविधी नियालिरहेकाले अब छिट्टै एक्सन लिने दाबि समेत गरेका छन् । सरकार गठन भएको एक वर्षमा मुलुकमा विकाशको साँटो जनता तर्साउने काम मात्र भईरहेको बताए । जनतालाई संघिय सरकारले आफ्ना भरौटे सोचेको आरोप लगाए ।

प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार  १२ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।