वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गरिएको छ ।
शुक्रबार घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको घटनाको भत्र्सना गर्दै ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो ।
गत शुक्रबार राति गुरुङको घरमा विस्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको थियो । यता, घटनाको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ ।
मानव तस्करीलाई पश्रय दिएको भन्दै गुरुङको घरमा विस्फोट गराइएको नेकपाले जनाएको छ । नेकपाले आर्थिक सहयोगका लागि गरेको आग्रहलाई नमान्दा विस्फोट गराइएको गुरुङको दावी छ ।
प्रतिक्रिया