Logo

स्वास्थ्य

२४ घण्टामा ६०८ जना संक्रमित, ८९२ डिस्चार्ज र ८ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको छ ।

गत २४ घण्टामा ४ हजार १४२ जनाको कोरोना परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८९२ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।