पछिल्लो २४ घण्टामा नेपालमा थप ४८१ जनामा कोरोना संक्रमित पुष्टी भएको छ, यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ७३१ जना संक्रमित निको भई घर गएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।
आइतबार थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या एक हजार ८२५ पुगेको छ ।
नेपालमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या घटेको देखिन्छ । गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गरिएको छ ।
हाल ३६९ सय जना क्वारेन्टाइनमा छन् ।




















प्रतिक्रिया