Logo

सामाजिक दूरी कायम गर्दै पशुपति लगायतका मन्दिर खोल्न विश्व हिन्दु युवासंघको आग्रह 



विश्व हिन्दु युवासंघ अन्तराष्ट्रिय समितिले पशुपति लगायतका धार्मिक मठमन्दिर खोल्न माग गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइलाई ज्ञापन पत्र बझाएको छ ।

कोरोना महमारीलाई मध्यनजर गर्दैे सरकारले देशका ठूला देखी साना मठमन्दिरहरुमा पूजा आराधना गर्न रोक लगाएकाले पशुपति लगायतका मन्दिरहरु खुला गर्नु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको शिवसेना नेपालसँग आवद्ध धार्मिक अभियन्ता सिर्जना वाग्ले जनाएकी छिन् ।

बुधबार पर्यटनमन्त्री भट्टराइलाई विश्व हिन्दु युवासंघले आराध्यदेव पशुपति लगायतका देशका अन्य मठमन्दिर खोल्न सरकारसँग माग गरेको हो ।

सनातन हिन्दु धर्म, संस्कार र संस्कृति अनुसार भगवानको मठमन्दिरमा दर्शन गर्न पाउनु पर्ने बेलामा आम भक्तजनहरुको आस्था माथि रोक लगाएको भन्दै आपत्ति जनाएको छ । यसले भक्तहरु र भगवानको आस्थाबीच दूरी बढ्ने भएकाले भौतिक दूरी कायम गर्दै मन्दिर खोल्न आग्रह गरेको विश्व हिन्दु युवासंघ अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापाले जानकारी दिए ।

हेर्नुहाेस् विज्ञप्ति जस्ताकाे त्यस्तै

hindu.jpg

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  २ : ४९ बजे