गायक पशुपति शर्मालाई लुट्न सके लुट् कान्छा गित गाएकै कारण सरकारले पुर्वघोषित सम्मान नदिएको भनेर सरकारको व्यापक आलोचना भएपछि गायक शर्माले यसबारेमा मुख खोलेका छन् ।
समाजिक संजाल फेसबुकमा यसबारेको स्टाटस लेख्दै शर्माले आफ्नो मोवाइल प्राय अफ र साइलेन्स मोडमा रहने हुनाले आफुले सम्मानको बारेमा जानकारी नपाएको र आफु बाहिर कार्यक्रममा व्यस्त रहेकाले सम्मान लिन आउन नसकेको हुँदा यसालाई अन्यथा रुपमा प्रचार प्रसार नगरिदिनुहुन अनुरोध गरेका छन् ।
पुर्वघोषित सम्मान समारोहमा पशुपति शर्मालाई नदेखिएपछि उक्त विषयमा संचार माध्यममले समाचार प्रकाशित गरेका थिए । यस अघि शर्माले आफुलाई यस बारेमा कुनै औपचारिक जानकारी नआएको बताउँदै आएका थिए ।
हेर्नुहोस यस्तो छ गायक शर्माको फेसबुक स्टाटस





















प्रतिक्रिया