Logo

स्वास्थ्य

२४ घण्टामा ५११ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा मुलुकभर ५११ जना कोरोना संक्रमण पुष्टी भएका छन् । यो सँगै संक्रमितहरुको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा ५ हजार ११० कोरोना परीक्षण भएको छ भने, हालसम्म १९ लाख २६ हजार ४७७कोरोना परीक्षण भएका छन् ।  

त्यस्तै,पछिल्लो २४ घण्टामा ६०० जना निको भई डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।

बुधबार कोरोनाबाट ७ को मृत्यु भएको छ, भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको छ । 

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।