Logo

मनोरञ्जन

पूर्व गर्भनरका छोराले गरे हमला, मदिराको तालमा मान्छे मार्ने धम्की, सोल्टी होटलको बेइज्जत



पूर्व गभर्नर डा.तिलक रावलका छोरा विवेक रावलले मदिरा प्रयोग गरी सोल्टी होटलमा तहल्का मच्चाएका छन् ।अर्बपति मानिनेका छोराछोरी फुर्सदको समय सदुपयोग गर्न जानी सोल्टी होटलमा यस्तो तहल्का मच्चिएको हो ।

तहल्कामा पूर्व गभर्नर रावलका छोराले मदिराको तालमा अश्लिल शब्दहरुनै उच्चारण गरेको आरोप लागेको छ ।२०७६ वैशाख २१ गते सोल्टी होटलमा क्लबको शनिबारे पार्टी चलिरहेको अवस्थामा उनले युवतीहरुसँग अंग्रेजी र हिन्दी गीतहरुमा प्रफम गर्दैगर्दा बेस्सरी मदिरा पिए, र जे मनमा लाग्छ तेही मुखले बोले ,

के बोले रावलले ?

राम्रोसँग खुट्टासम्म टेक्न नसक्ने गरी मदिरा पिएका रावलले मध्यरात तिर काउन्टरमा बिल तिर्ने विषयमा क्यासियरसँग भनाभन भयो । नपिएको मदिराको बिल किन पठाइस भनेर आरोप लगाए, उनी आफै जंगिए अनी ठूलो ठूलो श्वरले चिच्याए ।

‘मलाई चिनेको छैनस् म त गभर्नरको छोरा हुँ’, ‘तँलाई थाहा छैन यो नोटमा मेरो ड्याडको सिग्नेचर छ । मैले चाहे तँलाई माटोमुनि मिलाइदिन सक्छु । यतिमात्र होइन, की मुखमा आएजति बोले, अन्त्य सम्म त काउन्टरमा बसेका कर्मचारीलाई ज्यान मार्ने धम्की समेत दिए ।

हुन पनि उनी, पूर्व गभर्नर डा.तिलक रावलकै पुत्र  । उनका पिताको हस्ताक्षर भएका नोट अझै पनि आक्कल झुक्कल भेटिन्छन्। तर यता कर्मचारीले भने बिल त्यति नै उठेको हो बढाईचढाई नलेखेको दाबी गरे । रावलले तथानाम गर्न नछोडेपछि तल्लो तहका कर्मचारीले क्लब म्यानेजरलाई बोलाए ।

म्यानेजर आएर शान्त बनाउन प्रयास गरे तर सकेनन् । पटक पटकको बोलीमा पिताको नाम लिँदै झक्किरहे । यस्तै अवस्था देखिरहेपछि म्यानेजरले सिसिटिभी क्यामरा अफ गरी हातपात गरे । यति गर्दा पनि साम्य हुन नसकेपछि प्रहरीलाई खवर पुग्यो । तर प्रहरी आँउदा भने रावल भागिसकेका थिए भने म्यानेजर पनि आफ्नो काममा पुनः फर्किसकेका थिए ।

म्यानेजरको रामधुलाईबाट घाइते भएका रावलको करङ नै भाच्चिएको रहेछ । उनी अस्पताल तिर लागेछन्, टिचिङ अस्पताल, पछि मात्र थाहा भयो ।अहिले घट्नामा संलग्न भएका ३ जनालाई प्रहरीेले पक्राउ गरि अनुसन्धान थालेको छ । रावलले पिटाइ खाएको विषयमा प्रहरीले ज्यान मार्ने  अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १०:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।