Logo

स्वास्थ्य

कोरोना अपडेट : थप ४ सय २६ जनामा कोरोना, शुक्रबार ८ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षणमा १ सय ५३ जना महिला र २ सय ७३ जना पुरुषमा संक्रमण देखिएको हो ।

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३ सय ६७ जना छन् । पछिल्लो २४ घण्टामा ७ सय ४८ जना डिस्चार्ज भएसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु हुँदा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ ।

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।