Logo

मनोरञ्जन

गायिका सरस्वती लामाको नाम अब सरस्वती भुजेल, श्रीमानलाई छाडेको ६ बर्ष



पप र्‍याप लगाएतका बिधाकी चर्चीत गायिका सरस्वती लामाको नाम अब सरस्वती भुजेल राख्ने खुलासा गरेकी छन् । उने बिबाह गरेको ११ बर्ष भएको छ । श्रीमानलाई छाडेर बसेको ५ बर्ष भैसकेको छ । उनले बिवाहा गरेको ६ बर्षपछि डिभोर्स मागेको र अहिले सम्म पनि न दिएको बताएकी छन् ।

गायिका सरस्वती लामाले आफ्नोे श्रीमान धनबहादुर लामाले ज्यान मार्ने धम्की दिइरहेको खुलासा गरेकी छिन् । आफ्नो ज्यान खतरामा रहेको भन्दै लामाले कुनै पनि बेला आफु मारिन सक्ने भन्दै जीवनरक्षाका लागी पनि आग्रह गेरेकी छिन् ।

आज संवाद चौतारीमा पत्रकार सम्मेलन गर्र्दै लामाले आफुलाई श्रीमान धनबहादुर लामाले झुटो आरोप लगाएर दुख दिइरहेको बताइन । यस अघि उनका श्रीमान धनबहादुर लामाले श्रीमती सरस्वतीले एक करोड ६ लाख ठगि गरेको आरोप लगाए पछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रतिवाद गरेकी छिन् ।

आफुले उक्त रकम ठगि गरेको भए प्रमाण सहित आउन पनि सरस्वतीले चुनौती दिएकी छिन् ।६ बर्ष अघि देखिनै श्रीमान सँगको सम्बन्ध विग्रिएको बताउँदै आफुले डिभोर्स मागेका कारण गलत आरोप लगाएर आफुलाई बदनाम गराउँन खोजिएको बताइन् । ११ बर्ष अघि धनबहादुर लामा सँग विवाह गरेर आफु पनि लामा भएको तर आज बाट आफ्नो परिचय सरस्वती लामा नभएर सरस्वती भुजेल भएको समेत उनले बताइन् ।

विवाह गरेको केहि बर्ष पछि श्रीमान धनबहादुर लामाले अस्पताल लगेर अप्रेसन गरि पाठेघर फाल्न लगाएर आफ्नो बच्चा नहुने बनाएको पनि सरस्वतीले खुलासा गरिन् । एक करोड आम्दानीनै नभएको मान्छेको एक करोड मैले कसरी ठग्न सक्छु रुभन्दै लामाले अहिले आफ्नो प्रगती देखेर बदनामीत गर्न खोजिएको बताइन् ।

६ बर्ष अघि नै बिग्रिएको सम्बन्ध किन अहिले सम्म बाहिर ल्याउनु भएन भन्ने पत्रकारको प्रश्नमा सरस्वतीले घरायसी कुरालाई किन बाहिर ल्याउँनु भनेर आफु चुप लागेर बसेको तर धनबहादुरनै आफ्नो बदनाम गराउँन मिडिया बाजी गर्न थालेपछि आफु बाध्य भएर यथार्थ कुरा राख्न मिडियामा आएको बताइन् ।

पिटर खालिङसँग आफ्नो सम्बन्धको बारेमा नानाथरी आरोप लगाउँदै चरित्रहत्या गर्न खोजिएको भन्दै उनले श्रीमान धनबहादुरले लगाएका सबै आरोप पुष्टि गर्न चुनौती दिएकी छिन् । एक करोड दिने भए दे नदिने भए मिडियामा गएर बेइजत गर्दिन्छु भन्दै आफुलाई पटक पटक ब्याल्क मेल गर्ने काम भइरहेको उनको जिकिर थियो ।

याे पनि पढ्नुहाेस् 

श्रीमानले विदेशमा कमाएकाे सम्पती कुम्ल्याएर गायिका सरस्वति लामा चलचित्र निर्माता पिटरसँग भागेपछि…

गायिका सरस्वति लामा श्रीमानले विशेसमा कमाएकाे सम्पति कुम्ल्यायर प्रेमी चलचित्र निर्माता पिटर खालीङसँग भागेकी छिन् । गायिका लामा र चलचित्र निर्माता खालिङ एकै ठाउँमा बस्दै आएकाे प्रहरीलाई बताएका छन् ।

सरस्वतिको पहिलो श्रीमान् धनबहादुर लामा ले आफूले विदेशमा कमाएर पठाएको सम्पत्ति सबै लिएर सरस्वति अर्कैसँग हिँडेको निवेदन प्रहरीमा दिएपछि यो तथ्य खुलेको हो । 2०६४ सालमा काभ्रेपलाञ्चोक मादनकुडारीका धनबहादुर लामाले सस्वतीसँग प्रेम विवाह गरेका थिए । वैदेशिक रोजगारीका लागि उनी 2०७१ सालमा युएई गएका थिए । आफू ले कमाएको सबै पैसा उनले श्रीमतीलाई पठाइरहेका थिए ।

श्रीमती अर्कैसँग हिँडेको खबर पाएपछि उनी नेपाल आएर । बौद्ध प्रहरीमा श्रीमती १ करोड ६ लाखभन्दा बढीको सम्पत्तिसहित हराइन्, खोजिदिनु भन्ने निवेदन दिएका थिए । उनकै उजुरीका आधारमा प्रहरीले चलचित्र निर्माता पिटर खालिङ र सरस्वतिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिदिएको छ ।

दुई छोरीको बाबु पिटरले पहिलो श्रीमतीलाई डिभोर्स गरेर सरस्वती लामासँग घरजम गरेको रहस्य खुलेको छ । निर्माता पिटरले श्रीमतीसहित सम्पत्ति लगेपछि धनबहादुरले दुवैविरुद्ध ठगी र बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।