Logo

प्रमुख समाचार

बलिउड देखि कलिउड यात्रामा राज



‘राज केपी’, म्यूजिक भिडियो निर्देशक । कैलालीको टिकापुर राजको घर । उनले कला क्षेत्रमा करिब एक दशक बढि बिताए । अहिले उनि अहिले म्यूजिक भिडियो निर्देशन कर्ममा व्यस्त छन् । उनी म्यूजिक भिडियो निर्देशक मात्रै भने होइनन्, ।

मोडल, गायक, र गीतकार पनि हुन् उनि । एनि अझै पनि यहि कर्ममा घोतल्लिएका छन् । कलाकारितामा मोडल, शब्द रचनाकार हुदै म्यूजिक भिडियो निर्देशनमा दख्खल राख्दछन् राज केपी । सांगितिक क्षेत्रमा चारै तिर फिट केपी । तर उनको परिचय यत्तिमा मात्रै सिमित भने छैन् । उनी एक सफल बलिउड अभिनेता पनि हुन् ।

भारतको मुम्बइबाट जनहितमा, प्रसारण हुने कार्यक्रम ‘क्राइम पेट्रोल’का अभिनेता र सिरियलका असिसटेन्ट निर्देशक भएर पनि काम गरे । एनले लामो समय सिरियलमा काम गरे । कलाकारितामा निकै दख्खल राख्ने उनी प्रविधिमा पनि कम छैनन् । म्यूजिक भिडियो, फोटो सम्पादन तथा पोष्ट निर्माणमा पनि उनी पोख्त छन् ।

प्रविधिको युगमा कम्प्यूटरमा ज्ञान राख्ने उनी सबै तिर अब्बलनै सावित भएका छन् । उनि केपी निर्देशनमा रुचि राख्छन् । र अनुभवी पनि छन् । यतिबेला उनी नेपाली सांगीतिक क्षेत्रमा म्यूजिक भिडियो निर्देशनमा छन् ।

उनले लेखेका गीतले पनि राम्रै चर्चा कमाएका छन् । यस्तै उनले पछिल्लो सयम लेखेको एक अर्को गीत रेकर्ड भैसकेको छ । चर्चित गायिका मेलिना राईकोको आवाजमा रेकर्ड भएको गीत अबको केहि दिनमा बजारमा आउदैछ ।

बलिउडद छाडेर यति बेला उनि काठमाडौंलाई कर्मथलो बनाएका छन् । करिव ३ बर्षको यात्रा यता उनि यहि छन् । दशकदेखि कलाकारीतामा सक्रिय राजले करिव ३ बर्षको भारतलाई बिट मार्दै नेपाल हानिए । अहिले उनि यहि व्यस्त छन् ।

उनी २०६६ सालमा मोडलिङ, र्याम्प–फेशन सो, आफ्नो कलाकारिता सम्झन्छन र भन्छन् ‘समयसंगै अगाडि बढ्न सके यो क्षेत्रमा केहि गर्छु भन्ने आशा थियो । र सफल छु ।

सन् २०१४ देखि २०१७ सम्म बलिउडमा काम पाउनु भनेको फलामको चिउरा चपाउ जस्तै थियो ।’ निकै कडा मिहनतले क्राइम पेट्रोल सिरियलमा छोटो रोल प्ले गर्ने मौका पाउनु, कार्य गर्दै जाँदा सिरियलका असिसटेन्ट निर्देशक हुनु निकै हर्षको कुरा हो । उनी भन्छन् – ‘आफैमा चुनौतीपुर्ण त्यो काम तर रात दिन कडा मिहेनतले सफल भए ।’

निर्देशकको भूमिमा रहदा धेरै कुराको ज्ञान लिन सफल पनि भएका छन् केपी अहिले । त्यहि कामले उनलाई अहिले नेपालमै केहि गर्नु पर्छ भन्ने प्रेरणा जागेको छ । नेपाली कला क्षेत्रका लागी यो निकै खुसीको पल मान्न सकिन्छ किनकी अनुभवी र पुराना कलाकर्मीहरु अझै यहि क्षेत्रमा आफ्नै देश फर्किएका छन् ।

आफ्नो देश, नेपाली जनाता र नपाली कलाँ सस्कृतीको पहिचानका लागी केहि गर्ने आश लिएर उनि नेपाल फर्किएको बताउछन् । यति बेला उनी म्यूजिक भिडियो, सर्ट मुभि र बिभिन्न सिरियलको निर्देशनमा व्यस्त छन् । राम्रो कला र असल व्यक्तित्व भएका राज केपी दिन प्रति दिन फरक र नयाँ काम गर्ने बताउछन् ।

उनले अहिलेसम्म दिपक लिम्बु, नरेन्द्र प्यासी, सिएल शर्मा, मेलिना राइ, सरु गौतम, स्वरुपराज आचार्य, जस्ता कलाकारसंग सहकार्य गरिसकेका छन् । यस्तै शब्द संगितमा टंक बुढाथोकी, उत्तम भण्डारी, शुभाष गौतम, लगाएत थुप्रै कलाकारहरुसंग काम गरिरहेको छु । उनि भन्छन् ‘पछिल्लो समय गितको निर्देशन गर्नमा व्यस्त छु, छिट्टै एउटा चलचित्रको निर्देशन गर्दैछु ।’

सदावहार रुपमा कलाकारिताको पहिचानलाई उचाईमा लैजान सघै सक्रिए रहनेमा उनि व्यस्त रहन प्रयास गर्छन् । ‘सबैले मन पराईदिए पछि आफुलाई निकै रमाइलो महसुश भएको र अबका दिनहरुमा अझै मेहनत गर्नु पर्छ भनेर निरन्तर लागि परेको छु ।’ उनले भने । सादा जीवन उच्च विचार राख्ने केपी निकै दयालु र मायालु पनि छन् ।

‘बोली बचन र व्यवहार महत्वपूर्ण गहना हो । यसले गर्दा सबैले मलाई मन पराउँछन ।’ केपी भन्छन् । आजसम्म थुर्पै म्युजिक भिडियोमा अभिनय र निर्देशन गरिसकेका छन् । सदाबहार मेहनती भएकै कारण यति लामो समयसम्म यसै क्षेत्रमा निरन्तर लागि रहेने प्रतिबद्धता उनको छ । यतिमा मात्र उनको व्यक्तित्व सिमित छैन् ।

उनी एउटा खेलाडी पनि हुन् । कराँतेका ब्ल्याक बेल्ट पनि हुन केपी । सानैदेखि फुटवल खेलमा रुचि राख्ने उनी राम्रो फुटबल खेलाडी पनि हुन् । यस्तै राज केपीले राम्रो चित्रकला पनि बनाउछन् । लोकप्रिय कलाकारहरुका गीतहरु, सट मूभिमा उनले निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् । उनी आफ्नो यात्रामा सक्रिय रहन निर्देशक मोडल गायक र मेहनती सहनशील र ऊर्जाशील कलाकार भन्न रुचाउँछन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार ०३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।