Logo

मनोरञ्जन

भद्रगोलको बले र रक्षालाई टिकटकले डुबायो



पछिल्लो समय चर्चामा पुग्न सफल चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “टिकटकले डुबायो“ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको “टिकटकले डुबायो“ भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो ।

सार्बजनिक गीतमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र चर्चित तथा ब्यस्त संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ । म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ ।

भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल (बले) तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस

 

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।