Logo

स्वास्थ्य

२४ घण्टामा ५२२ संक्रमित थपिँदा ५७८ जना डिस्चार्ज भए



पछिल्लो २४ घण्टामा ५२२ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

मंगलबार ५७८ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको छ । 

मन्त्रालयका अनुसार ५ हजार २२५ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५७ हजार ४५४ कोरोना परीक्षण गरिएको छ । 

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ । 

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।