सडक डिभिजन कार्यालयले गरेको निर्णय अनुसार बिरगंजको मुख्य बाटो २५ मिटर दायाँ र २५ मिटर बायाँ अर्थात् २५र२५ को निर्णय बिरगंजको दीगो बिकाशको लागि सराहनीय निर्णय हो भन्ने ने.बि.संघ पर्सा सचिव प्रभात सिंहले बताएका छन् । अनलाइन पानाको सम्बादाता सङ औपचारिक कुराकानी गर्दै वहाँले बिरगंजको फराकिलो बिकासको लागि फराकिको बाटो हुन आवश्यक बताएका छन्।
मुख्य बाटो फराकिको नभएर त्यै बाटोमा दिनहु जबर्जस्त ट्राफिक जामको पिडा सम्पुर्ण बिरगंजका जनता भोग्दै आएका छन् । बिरगंज सहर एउटा औद्योगिक नगर,आर्थिक नगर तथा शैक्षिक हबको रुपमा परिचित छ, यस्को कारणले गर्दा बिरगंजको जनसंख्या दिन प्रती दिन बढी भएकोले ट्राफिक फ्लोको चाप पनि बढेको छ, र ट्राफिक चापलाई खेप्न फराकिलो बाटो आवस्यक छ भन्ने नेता सिंहले बताएका छन् ।
बिरगंजको दिगो बिकासको लागि सडक डिभिजन कार्यालयको निर्णयलाई स्वागत गर्दै सबैले हातेमालो गरि बिरगंजलाई बिकासको शिखरमा पुर्याउन विद्यार्थी नेता सिंहले सम्पुर्णलाई अनुरोध समेत गरेका छन् ।





















प्रतिक्रिया