Logo

अर्थ

एनआईसी एशिया बैंकद्वारा हावाहुरी पीडितलाई राहत सामग्री हस्तान्तरण



उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थितिजनाई समाजमा योगदान पुर्‍याइरहेको सबैमा अवगत नै छ ।

यसै सिलसिलामाहालै मात्रतराईको बारा तथा पर्सा जिल्ला लगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतासले अपुरणीय क्षति पुर्‍याएकोमा अत्यन्त दुुःख व्यक्तगर्दै घटनाबाट पिडित जन समुदायमा मल्हम लगाउने उद्देश्यका साथ फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँका पीडितजन समुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप बैंकले ३ सय थानझुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष श्री अमिरी लाल प्रसादज्यूलाई बैंक संचालक समितीका सदस्य श्री विनोद कुमार प्याकुरेलले मिति २०७५ चैत २० गते एक कार्यक्रमका बिच हस्तान्तरण गरे । सो अवसरमा संचालक श्री प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राहत सामग्री हस्तान्तरण क्रार्यक्रममांं संचालक ज्यूले जनधनको धेरै क्षतिपुगेका बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसेका आफुले पाएको उल्लेख गर्दै एनआईसी एशिया बैंकले गरेको यो सानो सहयोगले उक्त क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहत पुग्ने विश्वास बैंकले लिएको जानकारी गराए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १५लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १३:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।