दाङमा ६१ हजार रुपैयाँसहित सातजना जुवाडे पक्राउ परेका छन् । घोराही उप–महानगरपालिका–६ वचाह गाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ६१ हजार ३२० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक (डिएसपी) विनोद विक्रम शाहले जानकारी दिए ।
पक्राउ पर्नेमा नमराज चौधरी, जिवराज चौधरी, सुनिल चौधरी, विष्णु विष्ट, कृष्ण चौधरी, सुदिर खनाल र महेन्द्र रावल रहेका छन् ।




















प्रतिक्रिया