पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमणको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ ।
गत २४ घण्टामा ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्।




















प्रतिक्रिया