Logo

स्वास्थ्य

२४ घण्टामा ५ सय ५४ जनामा संक्रमण भेटियो



पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमणको संख्या २ लाख ६४ हजार १ सय ५९  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५  सय ६१ पुगेको छ । 

गत २४ घण्टामा ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९  पुगेको मन्त्रालयले जनाएको छ । 

शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। 

 

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार १६:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।