सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा सुश्री रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले यस बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।
जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख श्री राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक श्री राम प्रसाद शर्माज्यूलाई चेक हस्तान्तरण गरेको कुरा प्रेस विज्ञप्ती मार्फत जानकारी गराउने जनाएको छ ।


















प्रतिक्रिया