जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख वन अधिकृत डीएफओ भक्तबहादुर लामा घुससहित पक्राउ परेका छन् । शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लामालाई चार लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले वन अधिकृत लामालाई घुससहित पक्राउ गरिएको जानकारी दिएका छन् ।
काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिंदै गर्दा वन अधिकृत लामाकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियार कार्यालय सुर्खेतले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




















प्रतिक्रिया