Logo

स्वास्थ्य

आइतबार ५१३ जना संक्रमित निको भए, निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुग्यो



पछिल्लो २४ घण्टामा देशभर थप २५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितहरुको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।

 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८२ हजार २४६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको छ । 

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार १६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।