Logo

समाचार

दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि



दुई वर्ष पहिले समुद्रमा हराएको क्यामेरा ताइवानको समुन्द्री किनारमा पाखा लागेको अवस्थामा फेला परेको छ । अझ अचम्मको कुरा यो छ कि वाटरप्रुफ खोलका लगाएको उक्त क्यामेरा अझै प्रयोग गर्ने अवस्थामा नै रहेको छ ।

यसलाई स्कुले बालबालिकाहरु र शिक्षकको समूहले भेटेका थिए । त्यसपछि, तिनले आफूले भेट्टाएको क्यामरा यसको मालिक कहाँ पु¥याउने सोचेर यसलाई समाजिक सञ्जालमा ‘शेयर’ गरे । र, एक दिन भित्रमा उनीहरुले आफ्नो लक्ष्य भेटे ।

जापानी विश्वविद्यालयमा विद्यार्थी रहेकी क्यामेराकी मालिक सुवाकिहारा यो क्यामेरा खासाउँदा बिदामा इशिगाकी टापूमा थिइन् । यो टापू ताइवानबाट २५० किलोमिटर टाढा रहेको छ ।

“म ‘स्कुवा डाइभिङ्ग’ गर्दै थिएँ । त्यसक्रममा मेरो एक साथीलाई हावाको कमी भएपछि मेरो सहयोग मागे । बचाउनको हतार गर्दा मैले क्यामेरा हराएँ ।” उनले क्यामेरा पाएपछि आफ्नो खुसि साट्दै बताइन ।

जब क्यामेरा उनको हातबाट खस्यो उनलाई क्यामेरा सधैँको लागि हराएको ठानिन् । तर डाइभिङ्ग खोलमा सुरक्षित रहेर क्यामराले एक हिसाबको सानो यात्रा नै ग-यो ।

यसले सयौँ किलोमिटरको यात्रा ग-यो र अन्ततः ताइवानको समुन्द्री किनारमा पाखा लाग्यो ।त्यही ठाँउमा विद्यार्थीहरुले क्यामरा भेटेका थिए । त्यो दिन विद्यार्थीहरु समूद्री किनार सफा गर्दै थिए ।

“एक ११ वर्षे बालकले क्यामरा भेटेका हुन्,” शिक्षक पार्क लिले भने, “समुन्द्री झार र खपटाले छोपिएको खोल पत्थरजस्तै देखिन्थ्यो । खोल खोल्न मिल्ने एक बटन पनि थियो ।”भित्र एक थोपा पानी पनि पसेको थिएन र भित्र क्यामेरा राम्रो अवस्थामा थियो । “झन ्आश्चर्यजनक कुरा केटाले क्यामेराको ‘पावर अन’ गर्दा क्यामेरामा अझै चार्ज बाँकी थियो ।”

आफ्नै काटिएको खुट्टाको तस्बिर चुरोटको बट्टामा भेटेपछि‘

पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन्।

उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको चेतावनी दिन प्रयोग गरिएको थियो। तर उक्त तस्बिर प्रयोग गर्न उनको अनुमति भने लिइएको थिएन।चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो धूमपानले तपाईँको धमनीलाई अवरुद्ध गरिदिन्छ।

तर हिजोआज फ्रान्सको मेट्स सहरमा बस्दै आएका ती अल्बानियाली नागरिकका अनुसार उनले सन् १९९७ मा अल्बानियामा भएको बन्दुक आक्रमणमा परेर आफ्नो खुट्टा गुमाएका हुन्।उनका वकिलले घटनाबारे थप जानकारी लिन युरोपेली आयोगमा सम्पर्क गर्दैछन्।

गत वर्ष लक्जम्बर्गमा चुरोट खरिद गर्दा उनका छोराले उक्त तस्बिरको पहिचान गरेको फ्रान्सका सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसपछि त्यो बट्टा उनले घर लिएर गएका थिए।मेरो भाइ लक्जम्बर्गबाट घर फर्कँदै थियो। फर्कनासाथ केही नभनी उसले चुरोटको एउटा ठूलो बट्टा टेबलमा राख्यो, उनकी दिदीले एउटा स्थानीय पत्रिकालाई भनिन्।

हामी अवाक् भयौँ। हामीले त्यो पत्याउनदै सकेनौँ।सपरिवार तस्बिर हेरेपछि त्यो आफ्नो बाबुको खुट्टा रहेको उनीहरूले निष्कर्ष निकाले।यो तस्बिर हाम्रो बुवाको हो। ती निसान अनि लक्षण, उनकी छोरीले थपिन्।

तर ती व्यक्तिका अनुसार उनले आफ्नो तस्बिर त्यसरी प्रयोग गर्न उनले अनुमति दिएका थिएनन्।उनका अनुसार उक्त तस्बिर एउटा स्थानीय अस्पतालमा लिइएको थियो जहाँ उनी काटिएको खुट्टामा कुनै किसिमको हिँडडुल गर्न सकिने खाले उपकरण जडान गर्न सकिन्छ कि भनेर बुझ्न गएका थिए।

बीस वर्षदेखि उनी बैसाखीको सहारा लिएर हिँडडुल गर्दै आएका छन्।उक्त परिवारका वकिलले खुट्टाको तस्बिर ती व्यक्तिको भएको पुष्टि गरेका छन्।

ूप्रत्येक निसान विशेष छ। ती व्यक्तिको अर्को खुट्टामा जलेको निसान छ, त्यसैबाट यो तस्बिर चिनिन्छ। कुनै विशेषज्ञलाई यो तस्बिर पहिचान गर्न कुनै पनि किसिमको समस्या हुनेछैन, उनले भने।

उनले कुनै एउटा व्यक्तिले बिनासहमति आफ्नो तस्बिर चुरोटको बट्टामा युरोपेली सङ्घअन्तर्गत रहेका मुलुकमा भेट्नु अविश्वसनीय रहेको टिप्पणी गरेका छन्।

ती वकिले उक्त तस्बिर कसरी प्रयोगमा आयो भन्नेबारे अस्पतालसँग जानकारी माग गर्दै पत्र लेखेका छन्।युरोपेली सङ्घ अन्तर्गतका सबै मुलुकमा पाइने चुरोटका बट्टामा त्यस्तो तस्बिर वितरणका लागि जिम्मेवार युरोपेली आयोगसँग पनि सम्पर्क गरिएको बताइएको छ।

उनका अनुसार आयोगले सामान्यतया त्यस्तो तस्बिर आफ्नो डेटाबेसबाट प्रयोग गर्छ। तर त्यसमा भएको सामग्री प्रमाणित गरिएको हुन्छ र चित्रण गरिएका व्यक्तिको अनुमति लिइएको हुन्छ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार ०४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।