नेपाल सरकारको हरेक नीति तथा कार्यक्रमहरुमा कृषि क्षेत्र पहिलो प्राथमिकतामा पर्छ । राष्ट्रिय योजना आयोगका विभिन्न योजनाहरु (Periodic Plans), अर्थ मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रम र बजेट होस अथवा राष्ट्र बैंकको आर्थिक नीति नै किन नहोस, सबैले कृषि क्षेत्रलाई रणनैतिक महत्वका रुपमा पेश गरेका हुन्छन ।
गत बैशाखमा प्रकाशित राष्ट्रिय योजना आयोगको १६ औं योजनाको आधार पत्रमा कृषि तथा प्राकृतिक स्रोतलाई पहिलो प्राथमितामा राखेको छ । आ।व। २०७६र७७ आर्थिक नीतिबाट कृषि क्षेत्रमा प्राथमिकता क्षेत्र कर्जा अनिवार्य रुपमा १० प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था गरेको छ । यसबाट प्रष्ट हुन्छ कि नेपाल सरकार र सरकारका निकायहरुले कृषि क्षेत्रलाई कति महत्व दिएका छन।
कुल ग्राहस्थ उत्पादनमा योगदान
आर्थिक सर्वक्षण २०७५र७६मा कुल गाहस्थ उत्पादनको जम्मा २७ प्रतिशतमात्र योगदान रहेको कृषि क्षेत्रको योगदान क्रमश ह्रास आइरहेको देखिन्छ । परमपरागत कृषि उत्पादनबाट माथि उठ्न नसकेको कृषि क्षेत्रको उत्पादकत्व निरन्तर ओरालो लागि रहेको छ ।

रोजगारीमा योगदान
कृषि क्षेत्रमा कुल जनसंख्याको ६०.५० प्रतिशत प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न रहेका छन । प्रमपरागत खेति प्रणालीमा रहेको नेपालको कृषि क्षेत्रले अहिलेसम्म पनि रोजगारीमा ठूलो योगदान दिएको छ । हाल युवा पुस्ताहरुमा कृषि क्षेत्रमा चासो तथा यसक्षत्रलाई आधुनिकरण तिर लैजाने प्रयास भने बढेको छ ।
नेपाल सरकारले कृषक पेन्सन तथा विमा लगाएतका कार्यक्रमहरुले पनि केहि हद सम्म सकारात्मक सन्देश दिएको छ । तर यस क्षेत्रमा लाग्ने युवाहरु भने अधिकाशं विदेश गएर फर्केकाहरुको संख्या अधिक देखिन्छ । समुहिक तथा सस्थागत कृषि प्रणालीले स्थानीय युवाहरु र केहि प्राविधक क्षेत्रको अध्ययन गरेका युवाहरुलाई रोजगारी प्रदान गरेको छ ।
वित्तीय स्रोत र प्रविधिको पहुँच
नेपाल सरकारले आर्थिक नीति मार्फत वैक तथा वित्तिय सस्थाहरु कुल कर्जा लगानीको १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नु पर्ने र त्यो फाइल पेश गरेको ७ दिन भित्र दिने व्यवस्था गर्न भनेको छ । यसले कृषिक्षेत्रमा लाग्ने नयाँ पुस्तालाई पूँजीको व्यवस्था गर्न र व्यवसायिक रुपले संलग्न भएका कृषकहरुलाई वित्तिय समस्याको समाधन गर्नमा सहयोग पुर्याउने छ ।
सुचना प्रविधिको तिव्र विकाससँगै नेपालमा पनि कृषिक्षेत्रमा प्रविधिको प्रवेशको सुरुवात भएको देखिन्छ । अहिले अधिकांश स्थानहरुमा सडक, उर्जा, सञ्चार लागाएतका पुर्वाधारहरुको विस्तार भएको छ । खेत जोत्ने ट्राकटर, धान कात्ने मेशिन, विभिन्न प्रविधिको सिँचाइ प्रणाली र बजार व्यवस्थापन तथा प्रवर्धनको लागि प्रयोग भएको सामाजिक सञ्जाल लगाएतका नयाँ नयाँ सुचना प्रविधिको प्रयोग नेपालमा पनि बढि रहेको छ ।
कृषि पूर्वाधारको विस्तारमा जोड
नेपाल सरकार र सरकारका विभिन्न निकायहरुले कृषिक्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रमहरु बनाइ रहेका छन । संघ, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुसँग समन्वय तथा सहकार्यमा कृषि क्षेत्रको लगानी वृद्धि गर्न शिक्षा, अनुसरन्धान र प्रसार पद्वतिलाई एकीकृत गर्दै प्रभावकारी बनाउनेमा जोड दिएको देखिन्छ । विभिन्न स्थानमा एकिकृत कृषि वजार तथा चिस्यान केन्द्रको स्थापना गरेन कार्यक्रमहरु बनाएको छ ।
सुर्खेत, रुपन्देही, काभ्रे लगाएतका स्थानमा एकिकृत कृषि पूर्वाधारको विकासका योजनाहरु तयार भएका छन । नदि माथिका गरा, हराभरा भन्ने नाराका साथ सिँचाइ सुविधाको विस्तारमा जोड दिएको छ । कृषि उत्पादनलाई बजार ब्यस्था गर्न कृषि सडकको विस्तार र उत्पादकत्व वृद्धि गर्न मल र गुणस्तरिय विचको समयमा नै उपलब्ध गराउन सरकारले जोड दिएको छ । कृषि क्षेत्रको विकासका लागि ब्यक्तिगत र गैर सरकारी निकायहरुले समेत जोड दिइरहेका छन ।
कृषि क्षेत्रप्रतिको मनोविज्ञान
नयाँ पुस्तामा कृषि क्षेत्रको बारेमा विशेष गरी नकारात्मक पाइन्छ । मानिसले आफ्नो पेशा प्रतिको सम्मान खोज्छ र जुन पेशाको सम्मान छ त्यो पेशा खोज्दछ । खेती किसान गर्ने भनेको गरिव तथा अशिक्षितले गर्ने काम हो भन्न मनोविज्ञानले महत्वपूर्ण भूमिका खेलेको छ । कृषिकार्यमा दुख हुन्छ भनेर अभिभावकहरुले आफ्ना सन्तानहरुलाई कृषिको महत्वको बारेका कहिलै सिकाउने गरेको पाइदैन ।
एकातिर कृषि कार्यप्रतिको नकारात्मक भावनाले छोडेको छैन भने अर्को तिर सरकार र सरकारी तथा गैर सरकारी निकायहरुले दिने विभिन्न सेवा तथा सुविधाको लागि देवावति व्यवसाय गर्ने र सरकारी सुविधाको प्रयोगको लागि पनि यो पेशा लागेका पनि देखिन्छन। यसले वास्ताविक कृषकले पाउनुपर्ने सुविधा पहुँचवालाहरुले लिने अवस्थाले प्रसय पाएको छ ।यद्यपी केहि विदेशबाट फर्किएका युवाहरुले ब्यवसायिक रुपमा नै आधुनिक कृषि विशेष गरी सामुहिक कृषिको सुरुवात गरेका छन । यसले युवाहरुमा कृषि क्षेत्रको पनि एक विशेष सम्मान छ भन्ने शन्देश केहि हदसम्म बाचाउने प्रयास भने भएको छ ।
मुख्य समस्या तथा चुनौतिहरु
सरकार तथा गैर सरकारी निकायहरुले कृषि क्षेत्रलाई यति ठूलो महत्व दिदा दिदै पनि यस क्षेत्रले सोचे जति प्रतिफल दिन सकेको छैन । कृषिक्षेत्रले अपेक्षाकृत योगदान दिन नसक्नुका निम्न कारणहरु मुख्यरुपमा रहेको पाइन्छ ।
१. कृषि क्षेत्र प्रतिको मनोविज्ञान
२. समयमा नै आवश्यक मल, विजक तथा सिँचाइको उपल्धता
३. भौतिक पूर्वाधारहरु सिँचाइ, कृषि बजार, चिस्यानगृह, लगाएतका कृषि पूर्वाधारको अभाव
४. कृषि शिक्षा, प्रविधिर प्राविधिज्ञहरुको अभाव
५. वित्तिय क्षेत्रको उपेक्षा र ढिलासुस्ति
६. आयाति वस्तुहरुको दवदवाहलागाएतका कारण कृषिक्षेत्रको विकास र वृद्धिमा समयस्या देखिन्छ ।
निकर्ष
कृषिक्षेत्र नेपाल सरकारले मात्र नभएर विश्वले नै प्राथमिकता दिएको क्षेत्र हो । कृषि उत्पादनहरुको बजार मानवजातिको अस्तित्व रहेसम्म कायमै रहने छ । जनसंख्या दिनानुदिन बृदधि भएको छ । नेपाल विश्वको सबै भन्दाबढि जनसंख्या भएका मुलुकहरु भारत र चीनको विचमा छ । त्यसैले नेपालको कृषि उत्पादनको निरन्तर बजार यी दुइ ठूला देशहरु हुन ।
यसरी प्राथमिकता पाएको तथा ठूलो बजार भएको नेपालको कृषि क्षेत्र भने उपेक्षामा परेको छ । यस क्षेत्रमा लागेका कृषक तथा व्यवसायिहरुले उपयुक्त सुविधा र सहयोगहरु पाएका छैनन् । युवा पुस्तामा यस क्षेत्रको मोह देखिदैन र उनिहरु सेवा तथा वैदेशिक रोजगारीमा बढी आकर्षित भएको देखिन्छ । त्यसले गर्दा यो क्षेत्र प्राथमिकता भित्रको उपेक्षित क्षेत्र हो ।





















प्रतिक्रिया