Logo

राजनीति

बस्तीबस्तीमा अध्यक्ष कार्यक्रमलाई प्रभाकारी बनाइनेछ : अध्यक्ष घर्ती



रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बस्ती बस्तीमा अध्यक्ष कार्यक्रमलाई तिव्रता दिने बताएका छन् । आइतवार आफ्नै कार्यकक्षमा सहभागीहरुसँग छलफल गर्दै अध्यक्ष घर्तीले यस्तो बताएका हुन् ।

बस्तीबस्तीमा अध्यक्ष कार्यक्रमले हामि गाउँका जनताहरुलाई सहजै गाउँमा सरकार प्रमुखलाई भेटन पाउँदा र आफ्नो कुरा राख्न पाउन सहज भएको हुँदा यो कार्यक्रम प्रभावकारी भएको सहभागीहरुले बताएका छन् ।

छलफलका क्रममा उनीहरुले भने हामि गाउँका केहि अलि जान्ने बुझ्ने भनाउदाहरुले मात्र गाउँपालिका अध्यक्षलाई समय मिलाएर भेट्न सक्ने र अरु सामान्य व्यक्तिहरु गाउँपालिका आएर आफ्नो कुरा खुलेरै राख्न र भेट्न नसक्ने भएको हुँदा यो कार्यक्रम प्रभावकारी भएको उनीहरुको भनाइ रहेको छ ।

छलफललाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष घर्तीले भने, मेरो अघिल्लो वर्षको अनुभवलाई हेर्दा र म वस्तीमा पुग्दा हाम्रा जनताहरुको माग मैले धेरै ठुलो देखेको छैन उहाँहरुको माग भनेकै पानीको धाराका टुटी, केहि मिटर पाइप, वाटो मर्मत, केहि वोरा सिमेन्ट लगाएत सामान्य भन्दा सामान्य माग रहेको हुँदा उक्त मागलाई सम्बोधन गर्नका लागि मैले यस आर्थिक वर्षमा ५ लाख बजेटको समेत व्यवस्था गरेको छु, आउदा दिनहरुमा यसको माग बढ्दै गएमा आउदो वर्ष देखि थप वजेटको समेत व्यवस्था मिलाउने छु अध्यक्ष घर्तीले बताए ।

उनले भने म सधैं जनतासंगै रमाउन चाहाने र उहाँहरुसंग बसेर खान मलाई मन लाग्ने भएको हुँदा नै मैले जनतासँगको सम्बन्ध नविग्रियोस भनेर यो कार्यक्रमलाई अगाडि बढाएको हुँ ।

मैले चाहेको भनेको सुनिलस्मृति गाउँपालिका अगाडि बढाउन म जनताहरुकै विचमा रहेर उहाँहरुको सल्लाह सुझावले नै अगाडि बढाउन सकियोस् र यस कार्यक्रमले सम्वृद्ध सुनिलस्मृति बनाउनमा मद्धत पु¥याउछ भनेरै यो कार्यक्रमलाई अगाडि लैजान खोजेको हुँ अध्यक्ष घर्तीले बताएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार ०९:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।