पछिल्लो २४ घण्टामा नेपालमा थप ३२२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ४ हजार ३०६ जनाको कोरोना परीक्षण गर्दा ३२२ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये २ लाख ६१ हजार ८१८ जनाले कोरोना जितिसकेका छन् ।
त्यस्तै, सोमबार थप ३७४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।




















प्रतिक्रिया