Logo

स्वास्थ्य

सोमबार ३२२ जना संक्रमित थपिँदा, ३७४ जना डिस्चार्ज भए



पछिल्लो २४ घण्टामा नेपालमा थप ३२२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबार ४ हजार ३०६ जनाको कोरोना परीक्षण गर्दा ३२२ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये २ लाख ६१ हजार ८१८ जनाले कोरोना जितिसकेका छन् ।

त्यस्तै, सोमबार थप ३७४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ । 

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।