Logo

बैंकिङ

नेपाल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर बाग्लुङ्गमा



नेपाल बैंकले बाग्लुङ्गमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 

बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले गलकोट शाखा अन्तर्गतको एक्टेन्सन काउण्टरबाट समेत ग्राहकको सेवा र चाहानालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिने बताए ।

लकडाउन तथा निषेधाज्ञाको हालको विषम परिस्थितिमा समेत नयाँ आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकद्वारा पाँच वटा एक्स्टेन्सन काउण्टरहरु थप गरी संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

हाल बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकले चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  ५ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।