Logo

स्वास्थ्य

कोरोना अपडेट : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो



नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७० जनामा संक्रमण संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४०३ जना संक्रमणमुक्त भएका छन् ।योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार १ सय ३७ जना छन् ।२४ घण्टामा काठमाडौं उपत्यकामा १३३ जना संक्रमित थपिएका छन् । हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार १६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।