कामना बिकास बैंकले आफ्नो १०७ औं शाखा बुढानिलकण्ठ नगरपालिकाको कपन स्थित भंगालमा संचालनमा ल्याएको छ ।

सुलभ र सहज सेवा प्रदान गर्नु नै बैंकको पहिलो कर्तव्य रहेको कामना बिकास बैंकका सिईओ बिशेश्वर सुवेदीले बताए ।

कामना बिकास बैंक नेपाल राष्ट्र बैंकद्वारा (ख) बर्गको इजाजतपत्र प्राप्त बित्तीय संस्था हो ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्वव खरेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष सुदिप आचार्यले गरेका थिए ।

कार्यक्रममा बैंकका सिईओ बिशेश्वर सुवेदी सहित बैंकका कर्मचारी र सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया